Power of Attorney Nepali


अधिकृत वारिसनामा प्रमाणीकरण 

दूतावासमा आवेदन गर्नुअघि आफ्नो विवरण अनिवार्य रुपमा यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।

नेपाली नागरिकको हकमा अधिकृत वारिसनामा दिने (नेपाली नागरिक) ले नियोग प्रमुखको रोहवरमा अधिकृत वारिसनामामा सहीछाप गर्नुपर्ने हुनाले नियोग प्रमुखसंग अग्रिम समय मिलाएर मात्र राजदूतावासमा आउनु पर्नेछ ।
आवश्यक कागजातः 

  • नेपाली कागजमा रितपूर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारिसनामा २ प्रति, लिने र दिने दुवैको फोटो टाँस गरिएको हुनुपर्नेछ।
  • अधिकृत वारिसनामा दिनेको सक्कल मेशिन रिडेबल राहदानी (MRP), नागरिकताको प्रमाणपत्र र अधिकृत वारिसनामा लिनेको नोटरी पब्लिकबाट प्रमाणित नागरिकताको पेश गर्नुपर्नेछ ।
  • संयुक्त राज्य अमेरिकामा बस्ने अनुमति प्राप्त गरेको प्रमाण खुल्ने सक्कल परिचय पत्र र सो को प्रतिलिपि।
  • चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।
  • जग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्ने।
  • अधिकृत वारिसनामा दिने र लिने दुबैको हालसालै खिचिएको २/२ प्रति फोटो ।
  • किनारा साक्षीमा दुई जनाको नाम थर, ठेगाना र सही।
  • अधिकृत वारिसनामा दिनेको राहदानीको प्रतिलिपि (पेज नं. १,२ र ३) ।
  • अधिकृत वारिसनामा दिने र लिने दुवैको हस्ताक्षर तथा दाहिने हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) भएको दूतावासलाई सम्बोधित रीतपूर्वक (नेपाली कानून व्यवसायीको सहयोगमा तयार गरिएको) निवेदन ।
  • अधिकृत वारिसनामा प्रमाणित वापतको राजश्व अमेरिकी डलर २००\- नेपाली राजदूतावास, वासिङ्गटज डि.सी को नाममा गरिएको मनी अर्डर (मनी अर्डरमा निवेदकको नाम र ठेगाना उल्लेख हुनुपर्नेछ )
  • मिलापत्रको लागि तयार गरिने अधिकृत वारिसनामामा मिलापत्रको सर्त अनिवार्य रुपमा खुल्नु पर्नेछ। सम्बन्ध विच्छेद सम्बन्धी अधिकृत वारेसनाम भए विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति र त्यसको प्रतिलिपी ।
  • नेपालको प्रचलित कानून बमोजिम गैर आवासीय नेपाली परिचयपत्र वाहक नेपाली मूलकका विदेशी नागरिकले अचल सम्पत्ति वेचविखन गर्ने प्रयोजनका लागि अधिकृत वारेसनामा दिँदा गैर आवासीय परिचत्रपत्रको नम्बर समेत उल्लेख गर्नु पर्ने ।

नोटःव्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन।

नेपाली मूलका बिदेशी नागरिकको हकमा

अधिकृत वारिसनामा दिने (गैरआवासीय नेपाली परिचय पत्र बाहक) ले नियोग प्रमुखको रोहवरमा अधिकृत वारिसनामामा सहीछाप गर्नुपर्ने हुनाले नियोग प्रमुखसंग अग्रिम समय मिलाएर मात्र राजदूतावासमा आउनु पर्नेछ ।
आवश्यक कागजातः 

  • नेपाली कागजमा गैरआवासीय नेपाली परिचय पत्र नम्बर उल्लेख भएको रितपूर्वक (नेपालमा कानून व्यवसायीको सहयोगमा) तयार पारिएको अधिकृत वारिसनामा २ प्रति, लिने र दिने दुवैको फोटो टाँस गरिएको हुनुपर्नेछ।
  • अधिकृत वारिसनामा दिनेको सक्कल गैरआवासीय नेपाली परिचय पत्र र अधिकृत वारिसनामा लिनेको नोटरी पब्लिकबाट प्रमाणित नागरिकताको पेश गर्नुपर्नेछ ।
  • चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ ।
  • जग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्ने।
  • अधिकृत वारिसनामा दिने र लिने दुबैको हालसालै खिचिएको २/२ प्रति फोटो ।
  • किनारा साक्षीमा दुई जनाको नाम थर, ठेगाना र सही।
  • अधिकृत वारिसनामा दिनेको सम्बन्धित देशको राहदानीको प्रतिलिपि।
  • अधिकृत वारिसनामा दिने र लिने दुवैको हस्ताक्षर तथा दाहिने हातको बुढी औलाको रेखात्मक छाप (ल्याप्चे सहिछाप) भएको दूतावासलाई सम्बोधित रीतपूर्वक (नेपाली कानून व्यवसायीको सहयोगमा तयार गरिएको) निवेदन ।
  • अधिकृत वारिसनामा प्रमाणित वापतको राजश्व अमेरिकी डलर २००\- नेपाली राजदूतावास, वासिङ्गट, डि.सी को नाममा गरिएको मनी अर्डर (मनी अर्डरमा निवेदकको नाम र ठेगाना उल्लेख हुनुपर्नेछ )

नोटःव्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन।