नेपाल सरकारले मिति २६ डिसेम्बर २०१० देखि हस्तलिखित राहदानीको सट्टा मेशिन रिडेबल राहदानी (MRP) जारी गर्न शुरु गरेको छ । अन्तराष्ट्रिय नागरिक उडडयन संगठन (ICAO) ले तोकेको समयसीमा अनुरुप मिति २४ नोभेम्बर २०१५ पश्चात हस्तलिखित राहदानी लिएर यात्रा गर्न नपाइने हुनाले नेपाली राहदानी वाहकहरुले अनिवार्य रुपमा मेशिन रिडेबल राहदानी (MRP) लिनुपर्नेछ ।
दूतावासमा राहदानी आवेदन गर्नुअघि आफ्नो विवरण अनिवार्य रुपमा यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।
विशेष ध्यानाकर्षण: दूतावासमा राहदानी आवेदन गर्नुअघि तल उल्लिखित कागजातहरुको प्रतिलिपिको पछाडीपट्टि खाली ठाउँमा “सक्कल बमोजिम नक्कल ठीक छ।” भन्ने व्यहोरा लेखेर हस्ताक्षर अनिवार्य रुपमा गर्नुपर्नेछ । अन्यथा अपूर्ण आवेदन दर्ता हुनेछैन ।
हालको हस्तलिखित राहदानीको सट्टामा एमआरपी (MRP) लिनको लागि देहायको आवश्यक कागजातसहित व्यक्ति स्वयम नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा उपस्थित हुनु पर्दछ।
१. राहदानीको लागि निवेदन ।
२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।
३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपि।
४. हालको सक्कल राहदानी र त्यसको प्रतिलिपि ।
५. पासपोर्ट साइजको ३ प्रति फोटो ।
६. राजस्व शुल्क (अमेरिकी डलर १५०।– को मनि अर्डर)।व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन ।
७. प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।