अमेरिकावाट नेपाल जानै पर्ने नेपाली नागरिकहरुलाई चार्टर उडानको व्यवस्था सम्बन्धी सूचना

तत्काल नेपाल जान आवश्यक भएका नेपाली नागरिकहरुका लागि नेपाल सरकारको मिति 2077 भाद्र 4 गतेको निर्णयानुसार आगामी अगष्ट 27, 2020 मा टर्किस एयरलाईन्सले इस्तानवुलवाट र अगष्ट 28, 2020 मा कतार एयरवेजले दोहावाट काठमाडौं उडान गर्न स्विकृती पाएको समायोजित उडान तालिका प्राप्त भएको र उक्त उडानमा अमेरिकामा रहनु भएका नेपाली नागरिकहरूलाइ समेत नेपाल लैजान सक्ने सहमति सम्बन्धित एयरलाइन्सलाई प्राप्त भएको देखिएकोले उक्त उडानहरुवाट नेपाल यात्रा गर्नु पर्ने नेपाली नागरिकहरुले यस दूतावासको वेभसाईटमा राखिएको लिङ्क https://us.nepalembassy.gov.np/registration-form-for-nepali-to-return-nepal-2/ मा गई अनलाईन भरी पठाउनु हुन अनुरोध छ। यस अघि नै फाराम भरी पठाएको भए पुनः पठाउनु पर्ने छैन।

विशेष कारणले नेपाल जानै पर्ने अवस्था भई नेपाल प्रवेशका लागि यस राजदूतावासमा अनुरोध गर्नु भएका नेपाली मुलका बिदेशी नागरिकहरुको हकमा यस दूतावासवाट नेपाल प्रवेशका लागि नेपाल सरकारका सम्बन्धित निकायमा शिफारिश गरिएका तथा यस दूतावासवाट भिषा अनुमति लिनु भएका महानुभावहरुले माथि उल्लेखित उडानहरुवाट यात्रा गर्न चाहेको भए https://us.nepalembassy.gov.np/registration-form-for-nepali-to-return-nepal-2/ लिङ्कमा गई फाराम भरी पठाउनु हुन (यस अघि फारम भरेको भए पुनः पठाउनु नपर्ने) तथा माथि उल्लेखित मितिमा अमेरिकावाट नेपाल यात्रा गर्ने यात्रुहरुको लागि टिकट कन्फर्म गर्न दूतावासको शिफारिस आवश्यक भएमा सम्बन्धित ब्यक्तिले दूतावासको ईमेल covid19@nepalembassyusa.org मा टिकट बुकिङ्ग र भिषाको प्रतिलिपि संलग्न गरी पठाउनु पर्ने र दूतावासले सम्बन्धित एयरलाइन्सलाइ ईमेल मार्फत यात्राको लागि शिफारिश गर्नेछ।

नियमित वा चार्टर उडानवाट नेपाल जाने सम्पूर्ण यात्रुहरुले उडान हुनु अघि अनिवार्य रुपमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को वेभसाईट https://www.ccmc.gov.np मा गई बिदेशबाट नेपाल फर्कन चाहनु हुने व्यक्तिले भर्नुपर्ने फारम भरी सोको Barcode वा प्रिन्ट कपि साथमा लैजानु पर्नेछ।

हालै गरिएको संशोधित व्यवस्था अनुसार नियमित उडानवाट नेपाल यात्रा गर्नु हुने सवै यात्रुहरुले जहाज चडनु भन्दा 72 घन्टा भित्रको RT-PCR (-VE) नेगेटिभ भएको प्रमाण पत्र, र कम्तिमा सात दिन होटल क्वारेन्टाईन बस्ने गरी होटल बुकिङको प्रमाण साथमा हुनुपर्ने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ। अन्य बिषयहरुमा आफूले यात्रा गर्न लागेको एयरलाईन्सवाट अपडेट लिएर सोही अनुसार यात्राको तयारी तथा तय गर्नु हुन सादर अनुरोध गरिन्छ।