कोभिड-१९ को सन्दर्भमा कन्सुलर सेवा सम्बन्धी जरुरी सूचना २०७८ जेठ १९ (जुन 2, २०२१)

कोभिड-१९ को सङ्क्रमणका बिच अत्यावश्यक कारणले नेपाल यात्रा गर्नुपर्ने यात्रुहरुको हितलाई ध्यानमा राखी नेपाल सरकारले जुन १, २०२१ देखि लागू हुने गरी केही सेक्टरहरुमा विशेष अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्ने निर्णय गरेको छ। थप जानकारीको लागि तलको लिङ्कमा गई हेर्नुहोस्:

https://caanepal.gov.np/notice-details/special-flight-schedule-effective-01-june-2021-30-june-2021

नेपाल यात्रा गर्ने यात्रुहरुले नेपाल सरकारले लागू गरेको कोभिड स्वास्थ्य तथा सुरक्षासम्बन्धी देहायबमोजिमको मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछः

नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, 2078 (https://www.tourism.gov.np/files/मापदण्ड_०२_१७.pdf)

क्वारेन्टिनका लागि तोकिएका होटेलहरुको सूचीको लागि यहाँ थिच्नुहोला।

बिदेशबाट नेपाल आउने यात्रुले अनिवार्य भर्नुपर्ने अनलाईन फारम (CCMC Form) को लिङ्कको लागि यहाँ थिच्नुहोस्।

दूतावासका नियमित कन्सुलर सेवाहरु निम्नानुसार सुचारु रहनेछन्ः

) हुलाक (Mailing Services) मार्फत दिईने सेवाः निम्न लिखित कन्सुलर सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि हुलाकमार्फत प्रदान गरिनेछः भिषा, ट्राभल डकुमेन्ट, प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्र, पासपोर्ट (पहिले एम.आर.पी. लिइसकेकालाई मात्र)।

) आफै उपस्थित भएर मात्र  लिनसकिने सेवाहरुः अधिकृत वारेसनामा र Live-Enrollment पासपोर्ट (पहिलो पटक एमआरपी आवेदक/ हालसम्म पनि हस्तलिखित पासपोर्टमात्र हुनेहरु) को लागि पहिलेनै समय निश्चित गरेर निवेदक दूतावासमा अनिवार्य रुपमा आफै उपस्थित हुनुपर्नेछ।

**ध्यानाकर्षणः

कुनै पनि सेवाको लागि दूतावासमा निवेदन पेश गर्नुअघि दूतावाासको वेबसाईट https://us.nepalembassy.gov.np/ को ‘Consular Services‘ मेनुभित्र रहेका सूचना राम्ररी पढी एवं आवश्यक कागजातहरु तयार गरी ‘Submit Your Details Here लिङ्कमा गई आफ्नो निवेदनको  विवरण अनिवार्यरुपमा दर्ता गर्नुपर्नेछ। यसै लिङ्कमार्फत अग्रिम समय पनि लिन सकिनेछ। त्यसपछि मात्र सम्बन्धित सेवाको लागि आवेदन फाराम भर्नुपर्नेछ।

दूतावासमा प्राप्त हुने निवेदन र कागजातहरु पूरा भएमा पासपोर्ट बाहेकका कन्सुलर सेवाहरु प्रदान गर्न र कागजातहरु हुलाकमार्फत फिर्ता पठाउन सामान्यतः 4 देखि ५ कार्यदिन वा COVID-19 को कारण अझ बढि समय लाग्न सक्नेछ। पासपोर्टको हकमा नेपालमा छापिएर आउनुपर्ने हुँदा कम्तिमा २ महिना लाग्नेछ। तथापि,  सेवाग्राही रहेको स्थान र दूतावासबिच को दूरी र सेवाग्राहीले प्रयोग गर्ने हुलाक सेवा (Mailing Services) को आधारमा दूतावासबाट जारी हुने कागजात सेवाग्राहीको हात पर्न अझ बढि समय लाग्नसक्नेछ।

कन्सुलर सेवा सम्बन्धी सोधपुछका लागि टेलिफोन भन्दा इमेल प्रयोग गर्नुहुन अनुरोध गरिन्छ, र यसकालागि दूतावासको इमेल ठेगाना consular@nepalembassyusa.org मा मात्र सम्पर्क गर्नुहोला। दूतावासको अन्य  ठेगानामा प्राप्त कन्सुलर सेवा सम्बन्धी इमेलको जवाफ नआउन पनि सक्छ।