गैर आवासीय नेपालीवाट नेपालमा बैंक खाता खोली रकम जम्मा गर्न सकिने सम्बन्धी सूचना

गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीवाट प्रबर्द्धित विदेशस्थित संस्थाले नेपालमा विदेशी मुद्रा (अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडीयन डलर, जापानीज येन र चीनियाँ युआन) मा नेपालमा मुद्दति तथा बचत खाता खोली रकम जम्मा गर्न सक्ने र रकम फिर्ता लैजान सक्ने गरी नेपाल राष्ट्र बैंकले मिति 2078।11।१८ मा देहाय अनुसार थप निर्णय गरेको ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

  • मुद्दती निक्षेप सम्बन्धी व्यवस्थाः

नेपाल राष्ट्र वैंकवाट इजाजतपत्र प्राप्त “क” वर्गका बाणिज्य बैंक (सूचि संलग्न), राष्ट्रिय स्तरका “ख” वर्गका विकास वैंकहरु (सूचि संलग्न) मा देहायका शर्तहरु पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा मुद्दति निक्षेप जम्मा गर्न र फिर्ता ल्याउन सकिने व्यवस्था भएकोले आफूलाई अनुकुल हुने तोकिएका बैंकमा सम्पर्क गरी विदेशी मुद्रामा खाता खोल्न सकिनेछः

शर्तहरुः

  • विदेशी मुद्रामा मुद्दति निक्षेपको अवधि कम्तिमा १ बर्षको हुनुपर्ने।
  • यस प्रकारको खातामा विदेशी संस्थाहरु (बित्तीय संस्थाहरु समेत) तथा गैर आवासीय नेपालीहरु सहभागी हुन सक्ने।
  • दुई वा दुई भन्दा बढी बिदेशी संस्थाहरु वा गैर आवासीय नेपालीहरुको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।
  • गैर आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा देहाय वमोवजिमका कुनै एक कागजातको प्रतिलिपि पेश गर्नु पर्नेः
  • नेपाल सरकारको सम्बन्धित निकायवाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचय पत्र,
  • गैर आवासीय नेपाली संघवाट जारी भएको अद्यावधिक परिचय पत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी)
  • साविकमा स्वयं वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी/नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात,

माथि (क), (ख) वा (ग) मा उल्लेखित कुनै एक कागजात सहित नाता प्रमाणित हुने कागजातको आधारमा नावालकको नाममा समेत यस्तो खाता खोल्न वा सञ्चालन गर्न सकिनेछ।

  • संस्थागत बिदेशी निक्षेपकर्ताको हकमा यस प्रकारको खाता खोल्दा संस्थाको सञ्चालक समितिले खाता खोल्ने सम्बन्धमा गरेको निर्णय समेत संलग्न गर्नु पर्ने।
  • यस प्रकारको खाता अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चीनियाँ युआन मध्ये कुनै एक विदेशी मुद्रामा खोल्न सकिने।
  • मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनका लागि मात्र सम्बन्धित मुद्दती निक्षेपकर्ताको नाममा सोही मुद्रामा बचत खाता खोल्न सकिने।
  • सावाँ तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशवाट निक्षेपको रकम प्राप्त भएको हो, सोही देशमा निक्षेपकर्ताको नाममा खोलिएको खातामा मात्र फिर्ता भुक्तानी पठाईने। तर यस ब्यवस्थाले विदेशी मुद्रा खाता खर्च गरी नेपाली रुपैयाँमा भुक्तानी वा रकमान्तर गर्न बाधा नपर्ने।
  • मुद्दती निक्षेपमा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गरिने।साँवाको हकमा भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता हुने।तर एक वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेप एक बर्ष अवधि व्यतीत भएपछि निक्षेपकर्ताले Premature गर्न चाहेमा Premature गरी फिर्ता लैजान सक्ने।
  • मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीवाट मात्र रकम जम्मा गर्नु पर्ने। उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता हुने।
  • संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर आवासीय नेपालीहरुले न्यूनतम अमेरिकी डलर एक हजार वा सो बरावरको रकम निक्षेपको रुपमा जम्मा गर्न सक्ने।

 

  • बचत निक्षेप सम्बन्धी ब्यवस्थाः

नेपाल राष्ट्र वैंकवाट इजाजतपत्र प्राप्त “क” वर्गका बाणिज्य बैंक (सूचि संलग्न), राष्ट्रिय स्तरका “ख” वर्गका विकास वैंकहरु (सूचि संलग्न) मा देहायका शर्तहरु पालना हुने गरी परिवर्त्य विदेशी मुद्रामा बचत निक्षेप जम्मा गर्न र फिर्ता ल्याउन सकिने व्यवस्था भएकोले आफूलाई अनुकुल हुने बैंकमा सम्पर्क गरी विदेशी मुद्रामा खाता खोल्न सकिनेछः

शर्तहरुः

  • यस्तो निक्षेप खाता गैर आवासीय नेपाली तथा गैर आवासीय नेपालीवाट प्रबर्द्धित विदेशस्थित संस्थाको मात्र खोल्न/सञ्चालन गर्न सकिने।
  • गैर आवासीय नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सकिने।
  • गैर आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा देहाय वमोवजिमका कुनै एक कागजातको प्रतिलिपि पेश गर्नु पर्नेः
  • नेपाल सरकारको सम्बन्धित निकायवाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचय पत्र,
  • गैर आवासीय नेपाली संघवाट जारी भएको अद्यावधिक परिचय पत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी)
  • साविकमा स्वयं वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी/नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात,

माथि (क), (ख) वा (ग) मा उल्लेखित कुनै एक कागजात सहित नाता प्रमाणित हुने कागजातको आधारमा नावालकको नाममा समेत यस्तो खाता खोल्न वा सञ्चालन गर्न सकिनेछ।

  • यस प्रकारको खाता परिवर्त्य विदेशी मुद्रा (अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चीनियाँ युआन मध्ये कुनै मुद्रामा) मा खोल्न सकिने।
  • यस प्रकारको खातामा रकम जम्मा गर्दा अमेरिकी डलर एक हजार वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनु पर्ने।
  • यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको विदेशमा खोलिएको खातामा फिर्ता पठाइने। तर त्यस्तो खाता खर्च गरी नेपाली नेपाली रुपैयामा भुक्तानी वा ट्रन्सफर गर्न यस ब्यवस्थाले बाधा नपर्ने।
  • यस्तो निक्षेप खातामा बैंकिङ्ग प्रणालीवाट मात्र रकम जम्मा गर्नु पर्ने। उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणाली मार्फत फिर्ता गरिने।

यस सम्बन्धमा जिज्ञासा भए यस राजदूतावास वा नेपाल राष्ट्र बैंकको देहायको ठेगानामा सम्पर्क गर्न सकिनेछ।

 

नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. नेपाल राष्ट्र वैंक,

FOREIGN EXCHANGE MANAGEMENT DEPARTMENT, Baluwatar, Kathmandu

इमेलः ec@nepalembassyusa.org

फोनः २०२-६६७-४५५० (Extention-0005)

इमेलःfxm@nrb.org.np

फोनः 977-01-4412204/977 1 4414553

   

नेपाली राजदूतावास

वाशिङ्गटन डि.सी.

मे १९ , २०२२

List of Banks and Financial Institutions as of Mid July, 2020 (Licensed by NRB) Class: “A” (Commercial Banks)

S.N. Name Operation Date (A.D.) Head Office Working Area
1. Nepal Bank Ltd. 1937/11/15 Dharmapath,Kathmandu National Level

 

2. Agriculture Development Bank Ltd. 1968/01/21 Ramshahpath, Kathmandu National Level

 

3. Nabil Bank Ltd. 1984/07/12 Beena Marg, Kathmandu National Level

 

4. Nepal Investment Bank Ltd. 1986/03/09 Durbarmarg, Kathmandu National Level

 

5. Standard Chartered Bank Nepal Ltd. 1987/02/28 Nayabaneshwor, Kathmandu National Level

 

6. Himalayan Bank Ltd. 1993/01/18 Kamaladi, Kathmandu National Level

 

7. Nepal SBI Bank Ltd. 1993/07/07 Kesharmahal, Kathmandu National Level

 

8. Nepal Bangaladesh Bank Ltd. 1994/06/06 Kamaladi, Kathmandu National Level

 

9. Everest Bank Ltd. 1994/10/18 Lazimpat , Kathmandu National Level

 

10. Kumari Bank Ltd. 2001/04/03 Durbarmarg, Kathmandu National Level

 

11. Laxmi Bank Ltd. 2002/04/03 Hattisar, Kathmandu National Level

 

12. Citizens Bank International Ltd. 2007/04/20 Narayanhitipath, Kathmandu National Level

 

13. Prime Commercial Bank Ltd. 2007/09/24 Kamalpokhari, Kathmandu National Level

 

14. Sunrise Bank Ltd. 2007/10/12 Gairidhara, Kathmandu National Level

 

15. Century Commercial Bank Ltd. 2011/03/10 Putalisadak , Kathmandu National Level

 

16. Sanima Bank Ltd. 2012/02/15 Nagpokhari, Kathmandu National Level

 

17. Machhapuchhre Bank Ltd. 2012/07/09* 17  Lazimpat , Kathmandu National Level

 

18. NIC Asia Bank Ltd. 2013/06/30* Thapathali, Kathmandu National Level

 

19. Global IME Bank Ltd. 2019/09/04* Kamaladi, Kathmandu National Level

 

20. NMB Bank Ltd. 2019/09/28* Babarmahal, Kathmandu National Level

 

21. Prabhu Bank Ltd. 2016/2/12* Babarmahal, Kathmandu National Level

 

22. Siddhartha Bank Ltd. 2016/7/21* Hattisar, Kathmandu National Level

 

23. Bank of Kathmandu Ltd. 2016/7/14* Kamalpokhari, Kathmandu National Level

 

24. Civil Bank Ltd. 2016/10/17* Kamaladi, Kathmandu National Level

 

25. Nepal Credit and Commerce Bank Ltd. 2017/01/01* Bagbazar, Kathmandu National Level

 

26. Rastriya Banijya Bank Ltd. 2018/05/02* Singhadurbarplaza,Kathmandu National Level

 

27. Mega Bank Nepal Ltd. 2018/05/13* Kamaladi, Kathmandu National Level

*Joint operation date after merger.

Paid-up capital based on the financial statement of Mid Jul, 2020

Class: “B” (Development Banks)

S.N. Name Operation Date (A.D.) Head Office Working Area
1.      Sangrila Development Bank Ltd. 2014/07/13* Baluwatar, Kathmandu National Level

 

2.      Shine Resunga Development Bank Ltd. 2013/03/17* Butawal, Rupandehi National Level
3.      Jyoti Bikas Bank Ltd. 2016/08/12* Kamaladi, Kathmandu National Level
4.      Garima Bikas Bank Ltd. 2016/09/20* Lazimpat, Kathmandu National Level
5.      Mahalaxmi Bikas Bank Ltd. 2017/7/2* Durbar Marg, Kathmandu National Level
6.      Lumbini Bikas Bank Ltd. 2017/7/9* Dillibazar, Kathmandu National Level
7.      Kamana Sewa Bikas Bank Ltd. 2017/8/4* Gyaneshwor, Kathmandu National Level

*Joint operation date after merger.

Paid-up capital based on the financial statement of Mid Jul, 2020

Notice of Dollar Account in Nepal for NRN_May 19, 2022