चौधौं गणतन्त्र दिवसको शुभकामना


नेपालको चौधौं गणतन्त्र दिवसको उपलक्ष्यमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि योगदान गर्नुहुने सबै प्रति सम्मान प्रकट गर्दै संघीयताको पूर्ण कार्यान्वयन, गणतन्त्रात्मक राज्य प्रणालीको सुदृढीकरण, सवल अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आजको दिनले प्रेरणा देओस भनी सबैमा नेपाली राजदूतावास वाशिङ्टन डि.सी.का तर्फवाट शुभकामना व्यक्त गर्न चाहान्छौ।

कोभिडको संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा कठिन अवस्था आर्इपरेको यस घडीमा देश भित्र तथा बाहिर रहेका सवै नेपालीहरुको ऐक्यबद्ध सहकार्य र सहयोग रहने अपेक्षा गर्दै यस गणतन्त्र दिवसले हामीलार्इ फेरि एकताबद्ध भएर कोभिडको महामारीलार्इ परास्त गर्दै सुरक्षित र सुखी भबिष्य निर्माणमा जुटन् पनि आजको दिनले टेवा पुर्याओस भन्ने कामना गर्दछौ।

डा. यूवराज खतिवडा

राजदूत

२०७८ जेठ १५ गते शनिवार