नयाँ मेशिन रिडेबल राहदानी प्राप्त गर्ने विधिः


नयाँ मेशिन रिडेबल राहदानी प्राप्त गर्ने विधिः
सामान्यतया राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानीको निवेदन तथा फाराम दर्ता गरेको तीन महिनामा एम आर पी (MRP) तयार हुन्छ । तसर्थ आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा छ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुपर्नेछ । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइनेछ । तयार राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ । हुलाक मार्फत तयार राहदानी लिन चाहनेको हकमा प्रापकको पुरा ठेगाना सहितको Prepaid फिर्ति खाम समेत आवेदन सँगै संलग्न गर्नुपर्नेछ ।

राहदानी फाराम भर्ने तरीका

फोटोको मापदण्ड

राहदानी फाराम प्रिन्ट गर्ने तरिका

राहदानीको लागि निवेदन यहा डाउनलोड गर्नुहोस् 

राहदानीको लागि फाराम यहाँ डाउनलोड गर्नुहोस् 

 

नोटः रीतपूर्वक आवेदन फाराम नभरेको, फोटोको मापदण्ड नपुगेको, A4 Size को Paper मा उपयुक्त ढंगले प्रिन्ट नगरेको फाराम, आवश्यक कागजातहरु नपुग भएको अवस्थामा राहदानीको आवेदन दर्ता भएको मानिनेछैन ।