नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास

वाशिङ्गटन, डि.सी.

(संशोधित)

 

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले नर्थ क्यारोलिना र फ्लोरिडा राज्यका देहायका स्थान, मिति र समयमा त्यस क्षेत्र वरिपरि बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समयः

क. नर्थ क्यारोलिना

स्थानः 1012 Morrisville Parkway, Morrisville, NC 27560

मितिः अक्टोबर २९ -३०, २०२१

पहिलो दिन: बिहान १०:०० बजेदेखि साँझको ५:०० बजेसम्म

दोस्रो दिनबिहान ०९:०० बजेदेखि दिनको २:०० बजेसम्म

ख. फ्लोरिडा

स्थानः 4498 N Alafaya Trail, Unit 306, FL 32826

मितिः अक्टोबर ३१, २०२१

पहिलो दिन: बिहान १०:०० बजेदेखि साँझको ५:०० बजेसम्म

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

क) राहदानी नविकरण (अक्टोबर 2022 सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)
ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)
ग) अधिकृत वारेसनामा (Power of Attorney)
घ) कागजात प्रमाणिकरण (Attestation)
ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
छ) पर्यटक भिषा (Tourist Visa)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ।

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

क) राहदानी नविकरण

  • सक्कल नागरिकता र सोको प्रतिलिपी।
  • सक्कल राहदानी र सोको प्रतिलिपी।
  • Live Enrolment का लागि रीतपूर्वक अनलाइन भरिएको बारकोड सहितको फाराम को प्रिण्ट आउट (https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)।
  • शिविरमा आफै उपस्थीत मई live enrollment गरी फाराम भर्ने आवेदकको हकमा फोटो नचाहिने ।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. १५० को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. ३०० । तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०)।
  • राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

ख) गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले रीतपूर्वक भरेको आवेदन फाराम। (फाराम डाउनलोड गर्ने वेब लिङ्कः https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/02/NRN-ID-FORMpdf)
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate को प्रतिलिपी।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,
    वा,
  • बाबु/आमा/हजुरबुबा/हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
  • तीन प्रति अटो साइज (2.5cm*3cm) को फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५२० को मनी अर्डर।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भए सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण।
  • गैर आवासीय परिचयपत्र हराएको हकमा नेपाली राजदूतावासलाई सम्बोधन गर्दै परिचयपत्र हराएकाले नयाँ परिचयपत्र उपलब्ध गराइदिन अनुरोध गर्दै लेखिएको निवेदन (हराएको हकमा दोब्बर दस्तुर लाग्नेछ।)

ग) अधिकृत वारेसनामा

  • नेपालमा मान्यता प्राप्त कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदकले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपी।
  • अ.वा. लिने दिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
  • स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status।
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।
  • जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सोको प्रमाणित प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. २०० को मनी अर्डर।

घ) कागजात प्रमाणिकरण

  • रीतपूर्वक भरेको निवेदन।( फाराम डाउनलोड गर्ने वेब लिङ्कः https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf)
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५० को मनी अर्डर।

ङ) एकतर्फी यात्रा अनुमतिपत्र

  • पुरानो राहदानीको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • रीतपूर्वक भरेको राहदानी फाराम (https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf)
  • तीन प्रति फोटो (MRP size)
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ४० को मनी अर्डर।

(तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुल्ने कागजात)

च) पर्यटक भिषा

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक अनलाईन फाराम भरी प्रिण्ट गरेको confirmation page को प्रिण्ट आउट (hard copy)।
  • कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
  • कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (१५ दिने भिषाका लागि अ.ड. ३० , ३० दिने भिषाका लागि अ.ड. ५० र ९० दिने भिषाका लागि अ.ड. १२५)।