यन्त्रबाचक राहदानी (Machine Readable Passport) नवीकरणको सेवा बन्द गरिएको सम्बन्धमा

सूचना !

 

नेपालमा विद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि केही दिनमै e-Passport जारी गर्ने गरी आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य भइरहेकोले राजदूतावासमा स्वयम् उपस्थित भई गरिने प्रत्यक्षदर्ता (Live Enrolment) तथा हुलाकमार्फत् यन्त्रवाचक राहदानी (MRP)का लागि गरिने आवेदन मिति 2078 फागुन 20 (Friday, March 04, 2022) गते देखि लागू हुने गरी बन्द गरिएको बेहोरा सम्बन्धित सबैलाई राजदूतावास सूचित गर्दछ।

सम्पूर्ण तयारी पुरा भएपछि e-Passport को लागि आवेदन लिने गरी राजदूतावासबाट केही समयभित्रै सूचना जारी हुनेछ। राहदानी नवीकरणको नियमित सेवा केही समयका लागि स्थगन गर्दा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ।