विद्युतीय राहदानी (e-Passport) सेवा शुरु गरिएको सम्बन्धमा

यस राजदूतावासबाट मिति २०७८ चैत्र १४ गते (तदनुसार मार्च 28, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको बेहोरा सूचित गरिन्छ। राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे विस्तृत जानकारी राजदूतावासको वेबसाइट us.nepalembassy.gov.np मा गई हेर्न सकिनेछ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको छ। अतः पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नविकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरुको आवेदन उपर कारबाही नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।

राहदानी नविकरणका लागि हुलाकमार्फत् प्राप्त हुने आवेदनहरु अब उप्रान्त स्वीकार गरिने छैन।

२०७८ चैत्र ९ गते

  (March 23, 2022)