७२ औं प्रजातन्त्र दिवस, २०७८ को शुभकामना

७२ औं प्रजातन्त्र दिवस, २०७८  को अवसरमा संयुक्त राज्य अमेरिकामा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. हार्दिक शुभकामना व्यक्त गर्दछ।

साथै, नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मासत् गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहनेछ भन्ने राजदूतावास विश्वास व्यक्त गर्दछ।

नेपाली राजदूतावास,
वाशिङ्गटन डि.सी.।
२०७८ फाल्गुन ७