Important Notice on Consular Camp Chicago

नेपाली राजदूतावास

वाशिङ्गटन डि.सी.

  

घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

 

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन डि.सी. ले इलिनोइ राज्यको शिकागो शहरस्थित देहायको स्थान, मिति र समयमा इलिनोइ, आयोवा, विस्कन्सन, इन्डियाना, मिसिगन, केन्टकी, मिजौरी लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने गरी सूचना प्रकाशित भएकोमा प्राविधिक कारणले उक्त शिविर देहायका स्थानहरुमा सञ्चालन गर्ने गरी तय भएकाले आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ।

 

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

पहिलो दिन

स्थानः Chicago Curry House

899 S Plymouth Ct, Chicago, Illinois, 60605

मितिः अप्रिल 17, 2021

समयः बिहान ९ बजेदेखि साँझको 5 बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)

दोस्रो दिन

स्थानः 1020 W. Bryn Mawr Ave.,

Chicago, Illinois, 60660

मितिः अप्रिल 18, 2021

समयः बिहान ९ बजेदेखि साँझको 5 बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)

  

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

१. राहदानी नविकरण (अप्रिल 2022 सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)

२. भिषा

३. गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

४. अधिकृत वारेसनामा

५. कागजात प्रमाणिकरण

६. एकतर्फी यात्रा अनुमतिपत्र (औचित्यको आधारमा)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ।

कोभिड-19 का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवाका सम्बन्धमा देहायको link मा गई अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फर्म भर्नु हुन अनुरोध छ। राजदूतावासले सम्बन्धित सेवाग्राहीलाई समय तोकी सोही अवधिमा मात्र उपस्थित हुन अनुरोध गर्दै इमेलमार्फत् जानकारी गराउनेछ।https://us.nepalembassy.gov.np/schedule-an-appointment-for-consular-camp-chicago/

 

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

 

राहदानी नविकरण

  • सक्कल नागरिकता र सोको प्रतिलिपी।
  • सक्कल राहदानी र सोको प्रतिलिपी।
  • Live Enrolment का लागि रीतपूर्वक भरिएको बारकोड सहितको फर्म।(https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 150 को मनी अर्डर (हराएको र नासिएको राहदानीको हकमा दोब्बर दस्तर अर्थात् अ.ड. 300)।
  • पासपोर्ट तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

 

पर्यटक भिषा

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फर्म भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy।
  • कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
  • कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (15 दिने भिषाका लागि अ.ड. 30, 30 दिने भिषाका लागि अ.ड. 50 र ९० दिने भिषाका लागि अ.ड. 125)।

 

गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/02/NRN-ID-FORMpdf मा गई रीतपूर्वक भरेको आवेदन फर्म।
  • रीतपूर्वक भरेको आवेदन फाराम (तर, गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
  • नेपली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै-नेपाली नागरिकता परित्याग गरेको प्रतिलिपी,

वा,

  • बाबु/आमा/हजुरबुबा/हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
  • दुईप्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 520 को मनी अर्डर।

 

अधिकृत वारेसनामा

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको प्रमाणित नागरिकताको प्रतिलिपी।
  • अ.वा. लिने दिनेको हालसालै खिचिएको दुई-दुई प्रति फोटो।
  • स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status।
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।
  • जुन प्रयोजनका लागि अ.वा. दिने हो सोका लागि संलग्न हुनुपर्ने सम्बन्धित सक्कल कागजात वा प्रमाणित कागजात जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्धित विच्छेदका लागि अ.वा. दिने हो भने विवाह दर्ताको सक्कल वा सोको प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 200 को मनी अर्डर।

 

कागजात प्रमाणिकरण

  • रीतपूर्वक भरेको निवेदन।
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 50 को मनी अर्डर।

 

एकतर्फी यात्रा अनुमतिपत्र

  • पुरानो राहदानी र सोको प्रतिलिपी
  • नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी
  • रीतपूर्वक भरेको राहदानी फाराम
  • तीन प्रति फोटो (MRP size)
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 40 को मनी अर्डर।

 (तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुल्ने कागजात)