Lost or Stolen Nepali

राहदानी सेवा

नेपाल सरकारले मिति २६ डिसेम्बर २०१० देखि हस्तलिखित राहदानीको सट्टा मेशिन रिडेबल राहदानी (MRP) जारी गर्न शुरु गरेको छ । अन्तराष्ट्रिय नागरिक उडडयन संगठन (ICAO) ले तोकेको समयसीमा अनुरुप मिति २४ नोभेम्बर २०१५ पश्चात हस्तलिखित राहदानी लिएर यात्रा गर्न नपाइने हुनाले नेपाली राहदानी वाहकहरुले अनिवार्य रुपमा मेशिन रिडेबल राहदानी (MRP) लिनुपर्नेछ ।

दूतावासमा राहदानी आवेदन गर्नुअघि आफ्नो विवरण अनिवार्य रुपमा यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।

विशेष ध्यानाकर्षण: दूतावासमा राहदानी आवेदन गर्नुअघि तल उल्लिखित कागजातहरुको प्रतिलिपिको पछाडीपट्टि खाली ठाउँमा सक्कल बमोजिम नक्कल ठीक छ।भन्ने व्यहोरा लेखेर हस्ताक्षर अनिवार्य रुपमा गर्नुपर्नेछ । अन्यथा अपूर्ण आवेदन दर्ता हुनेछैन ।


हालको हस्तलिखित राहदानीको सट्टामा एमआरपी  (MRP) लिनको लागि देहायको आवश्यक कागजातसहित व्यक्ति स्वयम नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा उपस्थित हुनु पर्दछ। 

 

हराएको राहदानीको सट्टामा एमआरपी लिनको लागि देहायको आवश्यक कागजातसहित व्यक्ति स्वयम नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा उपस्थित हुनु पर्दछ।

१. राहदानीको लागि निवेदन ।

२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको दुई प्रति फाराम ।

३. सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपि ।

४. हराएको राहदानीको प्रतिलिपि ।

५. स्थानीय प्रहरी कार्यालयबाट जारी भएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।

६. पासपोर्ट साइजको ३ प्रति फोटो ।

७. राजस्व शुल्क (अमेरिकी डलर ३००।– को मनि अर्डर)।व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन ।

८. प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।

 

नयाँ मेशिन रिडेबल राहदानी प्राप्त गर्ने विधिः
सामान्यतया राहदानीको लागि दूतावासमा विधिपूर्वक राहदानीको निवेदन तथा फाराम दर्ता गरेको तीन महिनामा एम आर पी (MRP) तयार हुन्छ । तसर्थ आफ्नो राहदानीको समयावधि समाप्त हुनुभन्दा कम्तिामा छ महिना अघि नै नयाँ राहदानीको लागि निवेदन दिनुपर्नेछ । राहदानी तयार भई दूतावासमा प्राप्त भएपछि इमेलमार्फत निवेदकलाई जानकारी गराइनेछ । तयार राहदानी लिन आउँदा अनिवार्य रुपमा हाल आफूसँग भएको राहदानी तथा नगद रसिद लिएर आउनुपर्ने छ । हुलाक मार्फत तयार राहदानी लिन चाहनेको हकमा प्रापकको पुरा ठेगाना सहितको Prepaid फिर्ति खाम समेत आवेदन सँगै संलग्न गर्नुपर्नेछ ।

राहदानी फाराम भर्ने तरीका

फोटोको मापदण्ड

राहदानी फाराम प्रिन्ट गर्ने तरिका

हराएको राहदानीको लागि निवेदन यहा डाउनलोड गर्नुहोस् 

राहदानीको लागि फाराम यहाँ डाउनलोड गर्नुहोस् 

 

नोटः रीतपूर्वक आवेदन फाराम नभरेको, फोटोको मापदण्ड नपुगेको, A4 Size को Paper मा उपयुक्त ढंगले प्रिन्ट नगरेको फाराम, आवश्यक कागजातहरु नपुग भएको अवस्थामा राहदानीको आवेदन दर्ता भएको मानिनेछैन ।