MRP Nepali Instruction

राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

 

    • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति
    • नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि
    • ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गिन फोटो २ प्रति
    • विवाहित नेपाली महिला नागरिकले आफ्नो नागरिकता प्रमाण पत्रमा उल्लिखित थरमा आफ्नो पतितर्फको थर थप गरी राहदानी लिनुपरेमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
    • यस अघि राहदानी लिएको भए सो को सक्कल र फोटोपेजको प्रतिलिपि।
    • राहदानी विभागमा दर्ता गरिने आवेदन फारममा अनिवार्य रुपमा आवेदकको नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालय वा बसाई सराईको प्रमाणसहित वसाईसराई गरी भई आएको जिल्ला प्रशासन कार्यालयमार्फत आवेदनको पछाडिपट्टी नागरिकता प्रमाण पत्र विवरण प्रमाणिकरण गरिएको।
    • नागरिकता प्रमाण पत्रमा आवेदकको पुरा जन्म मिति (साल, महिना र गते) नखुलेको हकमा सो खुल्ने एस।एल।सी। वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा खुलाइएको जन्म मितिलाई आधार मानिने भएकोले प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
    • नागरिकता प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रबाट जन्ममिति एकिन नभएमा नागरिकता प्रमाण पत्र जारी भएको मितिले हुन आउने साल, महिना र गते कायम गरिने
    • भारतीय तथा व्रिटिस सेनामा काम गरेका भु। पु। सैनिकको नागरिकता प्रमाणपत्रमा उल्लिखित जन्ममिति र निजको पेन्सनपट्टामा उल्लिखित जान्ममितिमा फरक भएमा बढीमा १ वर्ष सम्मको लागि सम्बन्धित गा। बि। स। वा नगरपालिका कार्यालयको सिफारिसमा जिल्ला प्रसशासन कार्यालयबाट लेखी आएमा सो अनुसारको जन्म मिति कायम गर्नुपरेमा पेन्सन पट्टाको सक्कल, सो को प्रतिलिपि तथा गा।वि।स।न।पा र जिल्ला प्रशासनको सिफारिश पत्र ।
    • राहदानी दस्तूर तिरेको रसिद।
    • नाबालिगको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको नागरिकताको प्रमाणपत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको ब्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ।
    • नावालकको राहदानी बानाउँदा वावु, आमा वा संरक्षक नियुक्ति भएकोमा संरक्षक स्वयम साथ लागि राहदानिका लागि आवेदन गर्दा र राहदानी बुझिलिदा उपस्थित हुनुपर्नेछ ।