Nepal Return Form COVID-19

नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले नेपाल सरकारद्दारा जारी आदेश अनुसार संलग्न सूचना अनुसार नेपाल जानको लागि टिकट बुकिङ आदिको आवश्यक तयारी गर्नु हुन जानकारी गराईन्छ। नेपाल फर्कनका लागि यस राजदूतावासमा रहेको Online Registration Form भरी पेश गरेका सम्पूर्ण महानुभावहरुको प्राथमिकता क्रम तोकीएको सूची सम्बन्धित हवाई सेवा संस्थाहरुलाई उपलव्ध गराईएको हुँदा आफूलाई अनुकुल हुने फ्लाईटको लागि सम्बन्धित Airlines बाट टिकट बुकिङ गर्न तोकिएका एजेन्टको सूचनामा उल्लेख भएको ठेगानामा सम्पर्क गर्नु होला। टर्किस एयरलाइन्सबाट टिकट जारी गर्ने आधिकारीक एजेन्सी तोकिएकोले सो को जानकारी सूचनामा राखिएको र कतार एयरवेजको तर्फवाट हालसम्म पनि टिकट जारी गर्ने आधिकारिक एजेन्सी तोकेर नआएकोले उपलव्ध गराउन नसकेकोमा क्षमाप्रार्थी छौं। उक्त एयरवेजवाट तोकेर आउने बित्तिकै दूतावासको वेभसाईटमा राखिने व्यहोरा अनुरोध छ।

 साथै, Online Registration Form पेश गरेर पनि टिकट बुकिङ गर्ने क्रममा सूचिमा नाम छुटेको जानकारी प्राप्त भएमा निम्न लिङ्कमा गई पुनः Online Registration Form भरी पठाउन हुन जानकारी गराउनु हुन अनुरोध छ।

ONLINE REGISTRATION FORM

साथैटिकट बुकिङ Confirm भए पछि कोभिडको परिक्षण नगर्नु भएका महानुभावहरुले सूचनामा उल्लेख भए बमोजिमको तयारी गर्नुहोला।

काठमाडौंमा पुगे पछि आगमनको समयमा अनिवार्य रुपमा पेश गर्नु पर्ने भनी तोकिएको फाराम दूतावासको निम्न लिङ्कमा गई डाउनलोड गरी दुई प्रति साथमा लैजानु पर्ने व्यहोरा समेत अनुरोध छ।

NEPAL RETURN FORM COVID-19

धन्यवाद !