NRN ID Nepali

गैरआवासीय नेपाली परिचय पत्र

दूतावासमा आवेदन गर्नुअघि आफ्नो विवरण अनिवार्य रुपमा यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।

 

क) नेपाली मूलका विदेशी नागरिकका लागि गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि देहायको आवश्यक कागजातसहित व्यक्ति स्वयम नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा उपस्थित हुनु पर्दछ।

१. गैरआवासीय परिचयपत्र निवेदन फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस)

२. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात र त्यसको प्रतिलिपि ।

३. बसोबास गरिरहेको मुलुकको राहदानी र त्यसको प्रतिलिपि ।

४. नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ।

५. नेपाली राहदानीको सक्कल र प्रतिलिपि ।

६. नेपाली नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण ।

७. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नम्बर, जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात ।

८. बसोबास गरिरहेको मुलुकमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात।

९. बसोबास गरिरहेको मुलुकमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात ।

१०. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । (निवेदन फारामको लागि)

११. हालसालै खिचिएको अटो साइज (२५ मिमि x ३० मिमि) को फोटो दुई प्रति । (परिचयपत्रको लागि)

१२. राजस्व शुल्कः अमेरिकी डलर ५२०/– (अमेरिकि डलर ५२० को मनि अर्डर) । व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन ।

१३. प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।

 

ख) विदेशमा बस्ने नेपाली नागरिकका लागि गैरआवासीय नेपाली परिचय पत्र लिनको लागि देहायको आवश्यक कागजातसहित व्यक्ति स्वयम नेपाली राजदूतावास, वासिङ्गटन डि.सी. मा उपस्थित हुनु पर्दछ।

१.गैरआवासीय परिचय पत्र निवेदन फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस)

२. नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ।

३. नेपाली राहदानीको सक्कल र प्रतिलिपि ।

४. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात ।

५. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात ।

६. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात ।

७. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । (निवेदन फारामको लागि)

८. हालसालै खिचिएको अटो साइज (२५ मिमि x ३० मिमि) को फोटो दुई प्रति । (परिचयपत्रको लागि)

९.राजस्व शुल्कः अमेरिकी डलर ७०।– को मनि अर्डर ।व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन।

१०. प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।

गैर आवासीय नेपाली सम्बन्धी विस्तृत जानकारीका लागि गैर आवासीय नेपाली एन, २०६४ तथा गैर आवासीय नेपाली नियमावली, २०६६ हेर्न सक्नुहुनेछ ।