Travel Document Nepali

यात्रा अनुमति पत्र 

यात्राको सिलसिलामा वा अन्य कुनै कारणले आफ्नो नेपाली राहदानी तथा अन्य कागजात हराई तुरुन्तै नेपाल जानुपर्ने नेपाली नागरिकका लागि दूतावासले एकतर्फी यात्रा अनुमति (One-way Travel Document) पत्र जारी गर्न सक्नेछ । आवश्यकता परेमा यात्रा अनुमति पत्र (Travel Document) नेपालका सम्बन्धित निकायबाट आवेदकको नामका जारी भएका कागजातहरुको आधिकारिकता प्रमाणित भएपछि मात्र जारी गरिनेछ ।

दूतावासमा यात्रा अनुमति पत्र (Travel Document)आवेदन गर्नु अघि आफ्नो विवरण अनिवार्य रुपमा यहाँ भर्नुहोला अन्यथा आवेदन दर्ता हुनेछैन ।

यात्रा अनुमति पत्र (Travel Document) लिनको लागि देहायको आवश्यक कागजातसहित आवेदन दिनूपर्ने छ ।

 

१. यात्रा अनुमतिपत्रको लागि निवेदन । (निवेदन यहाँ डाउनलोड गर्नुहोस)

२. उपयुक्त तरिकाले भरेर प्रिन्ट गरेको एक प्रति राहदानी आवेदन फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस)

३.  सक्कल नेपाली नागरिकता प्रमाणपत्र र त्यसको प्रतिलिपी ।

४. पुरानो सक्कल राहदानी र त्यसको प्रतिलिपि ।

५. स्थानीय प्रहरी कार्यालयबाट जारी भएको राहदानी हराएको प्रहरी प्रतिवेदन । (पुरानो राहदानी हराएको भएमा)

६. पासपोर्ट साइजको तीन प्रति फोटो ।

७. राजस्व दस्तुर अमेरिकी डलर ४०।– को मनि अर्डर । व्यक्तिगत चेक,क्रेडिट कार्ड र नगद मान्य हुनेछैन ।

८. प्रापकको पुरा ठेगाना र Tracking Number सहितको Prepaid फिर्ति खाम ।