उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ज्यूबाट विदेशस्थित नेपाली नियोग प्रमुखहरुलाई निर्देशन


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय रघुबीर महासेठज्यूले विदेशस्थित नेपाली नियोग प्रमुखहरुलाई नेपालको परराष्ट्र नीतिको कार्यान्वयन तथा कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धमा आज जुन १८, २०२१ का दिन आयोजित एक भर्चुअल कार्यक्रममार्फत निर्देशन दिनुभयो। उक्त कार्यक्रममा सहभागिता जनाउँदै महामहिम राजदूत डा. युवराज खतिवडाज्यूले नेपाल-अमेरिका बीचको बहुआयामिक सम्बन्धको बर्तमान अवस्था तथा राजदूतावासबाट कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन एवं अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त गर्न भइरहेका प्रयासहरु बारे माननीय उपप्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभयो। अन्य मुलुकहरुका लागि नेपाली राजदूतज्यूहरु समेत सहभागी हुनुभएको उक्त कार्यक्रममा यस दूतावासका नियोग उपप्रमुख लगायत अन्य कूटनीतिक कर्मचारीहरुको समेत सहभागिता थियो। जुन १८, २०२१।