कोभिड परिक्षण तथा क्वारेन्टिनको सम्बन्धमा थप जानकारी

 

नेपाल यात्रा गर्न लाग्नु भएका यात्रु महानुभावहरुलाई कोभिड-१९ को स्वास्थ्य परिक्षण अनिवार्य गरिएको र कोभिड-१९ नभएको रिपोर्ट (COVID-19 Negative Report) साथमा रहनु पर्ने व्यहोरा विदितै छ। खासगरी यस बिषयमा राजदूतावासमा धेरैले प्रश्नहरु सोधिरहनु भएको सन्दर्भमा निम्न कुराहरुमा ध्यान दिनु हुन अनुरोध छ।

  • विदेशवाट पि.सि.आर. परिक्षण गरी नेगेटिभ रिपोर्ट (सात दिन भित्रको) भएका यात्रुहरु यदि होम क्वारेन्टिनमा जान इच्छुक भएमा होल्डिङ सेन्टरबाट १४ दिनसम्म होम क्वारेन्टिनमा रहने गरी जान सक्ने। यसरी होम क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकलको पलना गर्नु पर्ने।
  • विदेशवाट आर.डि.टी./Fit for Travel प्रमाणका आधारमा नेपाल यात्रा गर्ने यात्रुहरुले तोकिएको होटल वा सरकारले संचालन गरेको क्वारेन्टिनमा १४ दिन सम्म बस्नु पर्नेछ।
  • विशेष परिस्थितिका कारण कुनै पनि परिक्षण वा प्रमाणपत्र विना नेपाल यात्रा गर्नु पर्ने अवस्थामा रहेका नेपाली यात्रुहरुले अनिवार्य रुपमा तोकिएको होटल वा सरकारले संचालन गरेको क्वारेन्टिनमा १४ दिन सम्म बस्नु पर्नेछ।
  • नेपाल फर्कन चाहने नेपाली नागरिकहरुले भर्न पर्ने स्वास्थ्य सम्बन्धी स्व-घोषणा फारम http://ccmc.gov.np मा राखिएकोले नेपाल यात्रा गर्नु अघि अनिवार्य रुपमा फारम भरी दिनु हुन अनुरोध छ। यसले गर्दा नेपालमा पुगे पछि यात्रुहरुलाई सजिलो हुने देखिन्छ।

 

नेपाली राजदूतावास, वासिङ्गटन डि.सि.

मिति २०७७/३/०७