डालास, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित Money Order र Cashier check हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोधबारे

यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाउनुभएको money order र cashier check हरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएकोले दूतावासले तत्काल Houston Police Department (Incident No.172235722) तथा Diplomatic Security Division Houston लगायतका निकायहरुमा उजुरी गरी लुटिएको money order र cashier check फिर्ता लिन प्रयास गरीरहेको छ।

यसबाट सेवाग्राहीहरुमा समय र स्रोतसाधनको हिसाबले पर्न जाने असुबिधाप्रति राजदूतावास क्षमाप्रार्थी छ। दूतावासले सेवाग्राहीहरुको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ।

यस सन्दर्भमा कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा पेश गर्नु भएको money order वा cashier check यदि रद्द गर्न सम्भव भएमा आफूले money order वा cashier check बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती money order वा cashier check हरु रद्द गर्नुहुन सम्बन्धित सेवाग्राहीलाई हार्दिक अनुरोध छ। तत्पश्चात, राजदूतावासको नाममा नयाँ money order वा cashier check बनाई देहायको ठेगानामा आवेदकको नाम, ठेगाना र आवेदन गरेको सेवा (पासपोर्ट/NRN ID) र सेवा लिएको शहर (Dallas/Austin/Houston) खुल्ने गरी दूतावासको निम्न ठेगानामा नयाँ money order वा cashier check पठाइदिनुहुन सम्बन्धित सबैमा राजदूतावास हार्दिक अनुरोध गर्दछ।
Money Order र Cashier check पठाउने ठेगानाः
(Consular Services Camps – Texas)
Embassy of Nepal
2730 34th Pl NW,
Washington, DC 20007

यदि पेश भएको money order वा cashier check रद्द गर्न नसकिएमा आफुले पेश गरेको money order वा cashier check सम्बन्धी निम्न विवरणहरु दूतावासको ईमेल consularhouston@nepalembassyusa.org मा पठाईदिनुहुन समेत अनुरोध गरिन्छः
Name of the person who purchased the money order/ cashier check
Company/store name and address where the money order/cashier check was purchased
Date and approximate time on which the money order/cashier check was purchased
Amount of the money order/cashier check
Money order/ cashier check Number

साथै, money order/ cashier check रद्द गर्न जाँदा money order वा cashier check खरिद गर्दा प्राप्त भएको रसिद/अर्धकट्टी र आफ्नो ID साथमा लिएर जानुहुन अनुरोध छ।
साथै, यदि उक्त money order वा cashier check हरु deposit वा cash भइसकेको पाइएमा सम्बन्धित स्टोर वा बैंकमा बुझी कहाँ (store/bank/वा अन्य कुनै स्थान), कसले deposit वा cash गरेको हो सोको ब्यहोरा राजदूतावासमा माथि उल्लेखित र्इमेलमा जानकारी गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।
यस घटनाको विषयमा प्रहरीबाट थप सूचना प्राप्त भएपछि सम्बन्धित सबैमा जानकारी गराइने ब्यहोरा समेत जानकारी गराईन्छ।

यस सम्बन्धमा थप जानकारीको लागि राजदूतावासको देहायबमोजिमको इमेल वा निम्न मोबाइल नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छः
Email: consularhouston@nepalembassyusa.org
Embassy officials:
Radharaman Dubey, Cell No. 2026031356
Uttam Ghimire, Cell No. 2027486085
Janak Singh, Cell No. 2026032663
Homkanta Bhandari, Cell No. 2024401695
Kumar Raj Kharel, Cell No. 2025107101

Embassy's notice on the theft of money orders and cashier checks collected from the Consular Camps in Texas 23 December 2022