अत्यन्त जरुरी सूचना : विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा स्थगित गरिएको सूचना !

मितिः 2081।8।10

(25 नोभेम्बर 2024)

अत्यन्त जरुरी सूचना

विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा स्थगित गरिएको सूचना !

राहदानी विभाग, काठमाडौंको तथ्याङ्क व्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण यस राजदूतावासले प्रदान गर्ने राहदानी सेवा समेत केही दिनदेखि अवरुद्ध भएकोले अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म राहदानी नविकरण सेवा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ। राहदानी विभागबाट सो समस्या समाधान भएको सूचना प्राप्त हुनासाथ राहदानी नविकरण कार्य नियमित रुपमा सूचारु गरिने जानकारी गराइन्छ।

यस नियोगमा Biometrics का लागि डिसेम्बर 6, 2024 सम्मको Appointment लिनुभएका सेवाग्राहीहरुले आफूलाई उपयुक्त हुने नयाँ मितिका लागि राजदूतावासको इमेल ठेगाना consular@nepalembassyusa.org मार्फत जानकारी गराउनहुन अनुरोध छ।

नेपाली राजदूतावास

वाशिङ्गटन डि.सी.

25 नोभेम्बर 2024