नयाँ वर्ष 2080 को मंगलमय शुभकामना

“नयाँ वर्ष २०८० को उपलक्ष्यमा म.म. राजदूतज्यूले दिनुभएको शुभकामना सन्देश”

 

नेपालीहरुको नयाँ वर्ष 2080 को उपलक्ष्यमा संयुक्त राज्य अमेरिकामा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

संयुक्त राज्य अमेरिका लगायत विदेशमा रहेका नेपाली समुदाय नेपालको महत्वपूर्ण सम्पत्ति हुन् भन्ने नेपाल सरकारको धारणा रहेको छ। नेपालीहरुले विदेशमा बसेर आर्जन गरेको ज्ञान, सिप र साधनस्रोतलाई नेपालको आर्थिक-सामाजिक विकासमा र विशेषगरी सूचना प्रविधि तथा पर्यटन लगायत अन्य सेवा क्षेत्रको विकासमा परिचालन गरी नेपालको समग्र विकास प्रक्रियालाई अगाडि बढाउने सम्भावना रहेको छ। अतः आफूले आर्जन गरेको ज्ञान, सिप तथा पूँजीलाई नेपालको समग्र विकासमा परिचालन गर्न संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई म हार्दिक अनुरोध गर्दछु।यसतर्फ यहाँहरुले चाल्ने कदममा राजदूतावासले सधैं हातेमालो गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु।

संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई नयाँ वर्ष 2080 को शुभ अवसरमा सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

श्रीधर खत्री