विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा अबरुद्ध भएको सूचना !
राहदानीका लागि Live enrollment गर्ने विदेशस्थित नेपाली नियोग र जिल्लाका कतिपय कम्यूटरमा Ransomware फेला परेकोले विद्युतीय राहदानी प्रणाली बन्द गर्नुपरेको जानकारी राहदानी विभागबाट प्राप्त भएको छ । प्रणाली बन्द भएका कारण विद्युतीय राहदानीका लागि गर्नुपर्ने Live enrollment यस राजदूतावासमा पनि अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
Ransomware को संक्रमणबाट राहदानी प्रणालीलाई बचाई सेवा सूचारु गर्ने प्रयास भइरहेको र सेवा सुचारु हुन केही समय लाग्र सक्ने जानकारी समेत विभागबाट प्राप्त भएको छ। सेवा सुचारु हुने बित्तिकै सो को जानकारी समस्त सेवाग्राहीहरूलाई राजदूतावासले तुरुन्त गराउने छ।
समस्त सेवाग्राहीमा पर्न गएको असुविधाप्रति यस राजदूतावास दुःख प्रकट गर्दछ ।