विवाह दर्ताको लागि नेपालका वडा कार्यालयहरुमा पेश गर्ने मञ्जुरीनामाको कागज प्रमाणीकरण सम्बन्धमा

नेपालमा सामाजिक परम्परा, अदालती प्रक्रिया वा अन्य विधिबाट सम्पन्न विवाह नेपालको सम्बन्धित वडा कार्यालयमा दर्ता गर्ने प्रयोजनका लागि दिइने मन्जुरीनामाको कागज प्रमाणिकरण गर्न आवेदक स्वयम् राजदूतावासमा देहायका कागजातसहित उपस्थित हुनुपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः

  • नेपालको सम्बन्धित वडालाई सम्बोधन गर्दै लेखिएको मञ्जुरीनाको कागज (नेपालको कानून व्यवसायीको सल्लाह अनुसार तयार पारिएको)
  • अदालतमा सम्पन्न भएको विवाह भए सोको प्रमाणपत्र
  • आवेदकको नेपाली नागरिकताको सक्कल र प्रतिलिपी
  • आवेदकको नेपाली राहदानीको सक्कल र प्रतिलिपी
  • आवेदकको पति वा पत्नीको नागरिकताको प्रतिलिपी
  • मञ्जुरीनामा लिनेको नागरिकताको प्रतिलिपी
  • विवाहको फोटोहरु कम्तिमा २ थान
  • दस्तुर- अमेरिकी डलर ५०

उल्लेखित सेवा प्राप्त गर्न Appointment नलिई दूतावास खुल्ने दिन बिहान १०:०० बजेदेखि २ बजेभित्र आउन सकिनेछ।

नोटः अमेरिकी राहदानीबाहकको हकमा उल्लेखित प्रकृतिको मञ्जुरीनामाको कागजात यस राजदूतावासबाट प्रमाणित नहुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

###