नेपाली राजदूतावास
वाशिङ्गटन, डि.सी.
मितिः 2081।3।21
(जुलाई 5, 2024)
इलिनोई राज्यको शिकागो (Chicago) शहरमा संचालन हुने घुम्ति राहदानी सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय
स्थानः Chicago Curry House
899 S Plymouth Ct Chicago, IL 60605
मितिः अगष्ट 2-4, 2024
समय: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)
अगष्ट 2025 सम्म राहदानीको बहाल अवधि भएका आवेदकहरुले राहदानी नविकरण (Renewal) को लागि निवेदन दिन सक्नुहुनेछ। राहदानी हराएका आवेदकले Replacement(Lost/Stolen) र राहदानी नाशिएको वा च्यातिएको आवेकले Replacement(Damaged) छनौट गरी अनलाइन आवेदन भर्नुपर्नेछ।साथै, हस्तलिखित राहदानीको बहाल अवधि सकिई वा हराई नयाँ राहदानी लिने आवेदकले First Issuance छनौट गरी अनलाईन आवेदन भर्नुपर्नेछ।
विद्युतीय राहदानी (e-Passport) नविकरणका लागि फाराम (online application) भर्ने तरिकाः
- सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्नु पर्नेछ।
- https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट (Select) गरेपश्चात Renewal /Replacement(Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको हकमा First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्नु पर्नेछ।
- Appointment Country – Other छनौट (Select) गरी Appointment Location – NE, Washington DC छनौट गर्नु पर्नेछ।तत्पश्चात् लस एञ्जलस् घुम्ती शिविरका लागि मात्र उपलब्ध गराइएको अगष्ट 3, 2024 को Appointment Date छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गरी प्रिण्ट समेत गर्नु पर्नेछ।
- उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी जुलाई 26, 2024 अगावै Verification का लागि आफ्नो मोबाइल नम्बर समेत उल्लेख गरी दूतावासको इमेल passportchicago@nepalembassyusa.org मा पठाउनु पर्नेछ।
- घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजक ले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराउने छ।
- आवेदकले शिविरमा आउँदा देहायका कागजातहरुसहित स्वयम् उपस्थित हुनुपर्नेछ:
- सक्कल नागरिकता र सोको प्रतिलिपि।
- नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि।
- सक्कल राहदानी र सोको प्रतिलिपि।
- Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
- राहदानी दस्तुर देहायबमोजिम हुनेछः
Services | Payment with Debit Card | Payment with Credit Card |
Passport 34 Pages | $153.00 | $150 + 3% |
Minor’s Passport (under 10 years) | $76.75 | $75 + 3% |
Passport Lost/Damaged | $306.00 | $300 + 3% |
Passport Lost/Damaged (Minor under 10 years) | $153.00 | $150 + 3% |
नोटः राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।
- नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।
थप जानकारी आवश्यक भएमा देहायका सम्पर्क व्यक्ति वा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछः
स्थानीय सम्पर्क व्यक्तिहरु
- Mr. Suman Shrestha, Cell No.-(561) 900-8411
- Mr. Bala Ghimire, Cell No. (773) 710-3795