नेपाली राजदूतावास
वाशिङ्गटन, डि.सी.
Updated Notice
मितिः 2081।८।3
(नोभेम्बर 18, 2024)
क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को (San Francisco) शहरमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
(राहदानीको बहाल अवधि 1 (एक) वर्षभन्दा कम अर्थात् नोभेम्बर 2025 भन्दा अगाडि राहदानीको म्याद सकिने आवेदकको लागि मात्र)
घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय
स्थानः Sonesta Hotel and Resort
5555 Shellmound Street, Emeryville, CA
मितिः नोभेम्बर 23-26, 2024
समय: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)
विद्युतीय राहदानी (e-Passport) नविकरणका लागि फाराम (online application) भर्ने तरिकाः
- सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्नु पर्नेछ।
- https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट (Select) गरेपश्चात Renewal /Replacement(Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्नु पर्नेछ।
- Appointment Country – Other छनौट (Select) गरी Appointment Location – NE, Washington DC छनौट गर्नु पर्नेछ।तत्पश्चात् San Francisco घुम्ती शिविरका लागि मात्र उपलब्ध गराइएको नोभेम्बर 23, 2024 को Appointment Date छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गरी प्रिण्ट गर्नुपर्नेछ।
- उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी नोभेम्बर 21, 2024 अगावै Verification का लागि आफ्नो मोबाइल नम्बर समेत उल्लेख गरी दूतावासको इमेल passportCA@nepalembassyusa.org मा पठाउनु पर्नेछ।
- फाराम Verify नगरी निवेदकले भरेको Details/Data Retrieve गर्न नसकिने र सो नभई Biometrics लिन नसकिने भएकोले फारामलाई Verification को लागि अनिवार्य दूतावासको इमेल passportCA@nepalembassyusa.orgमा पठाउनुपर्नेछ। अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न सकिने छैन।
- घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजक ले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराउने छ। सबै appointment slot हरु November 23rd का लागि खोलिएकाले आवेदन फाराममा appointment date November 23rd देखिएतापनि स्थानीय आयोजकले उपलब्ध गराउने November 23, 24, 25 वा 26 मध्ये कुनै एक दिन तोकिएको समयमा नै आवेदक सेवाका लागि उपस्थित हुनुपर्नेछ।
- आवेदकले शिविरमा आउँदा देहायका कागजातहरुसहित स्वयम् उपस्थित हुनुपर्नेछ:
- सक्कल नागरिकता र सोको प्रतिलिपि।
- नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि।
- सक्कल राहदानी र सोको प्रतिलिपि।
- Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
- राहदानी दस्तुर देहायबमोजिम हुनेछः
Services | Payment with Debit Card | Payment with Credit Card |
Passport 34 Pages | $153.00 | $150 + 3% |
Minor’s Passport (under 10 years) | $76.75 | $75 + 3% |
Passport Lost/Damaged | $306.00 | $300 + 3% |
Passport Lost/Damaged (Minor under 10 years) | $153.00 | $150 + 3% |
नोटः राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।
- नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।
थप जानकारी आवश्यक भएमा देहायका सम्पर्क व्यक्ति वा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछः
स्थानीय सम्पर्क व्यक्तिहरु
- Preetesh Karki, President, NANC, Cell No.- (510) 705-2031
- Hari Ojha, President, NRNA California Chapter, Cell No. –(510) 309-7474
थप जानकारी आवश्यक भएमा सान डियगोस्थित नेपालका अवैतनिक महावाणिज्यदूत श्री ऋषि पुनाखर ढकाललाई Cell No. (626) 320-2437 मा सम्पर्क गर्न सकिनेछ।