विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा सुचारु भएको सूचना !

 

विद्युतीय राहदानीका लागि Live enrollment सम्बन्धी सेवा सुचारु भएको सूचना !

राहदानी विभागको विद्युतीय राहदानीको लागि प्रयोग हुने Live enrollment प्रणालीमा आएको प्राविधिक समस्या समाधान भै राहदानी सम्बन्धी सेवा सुचारु भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।डिसेम्बर 8 देखि उप्रान्त appointment भएका सेवाग्राहीहरु राहदानी आवेदन फाराममा उल्लेख भएको मिति र समयमा राहदानी नविकरणका लागि उपस्थित हुन अनुरोध छ।

सेवा अवरुद्ध भएका कारण प्रभावित भएका नोभेम्बर 20 देखि डिसेम्बर 6, 2024 सम्म appointment लिएका सेवाग्राहीहरु आफ्नो अनुकूल यथाशक्य छिटो राजदूतावासको कन्सुलर समय (बिहान 10 बजे देखि दिउँसो 4 बजे सम्म) मा राहदानी नविकरणका लागि आउन सक्नुहुनेछ।

नेपाली राजदूतावास

वाशिङ्गटन डि.सी.।

मितिः 2081।8।19