कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास
वाशिङ्गटन, डि.सी.

मितिः 2080/4/9
(अगष्ट 14, 2023)

कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यको Westminster स्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत राहदानी नविकरणको सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले उक्त मिति र समयको लागि अनलाइन आवेदन भरी appointment लिएर राहदानी नविकरणको सेवा लिन राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय
कोलोराडो (Colorado)
स्थानः Drury Inn and Suites
10393 Reed Street, Westminster 80021

मितिः सेप्टेम्बर 2 -5, 2023
समय: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)

विद्युतीय राहदानी (e-Passport) नविकरणका लागि फाराम (online application) भर्ने तथा appointment लिने तरिकाः

• सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्नु पर्नेछ।
• https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट (Select) गरेपश्चात Renewal /Replacement(Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 66 pages मा Proceed गर्नु पर्नेछ।
• Appointment Country – Other छनौट (Select) गरी Appointment Location – NE, Washington DC छनौट गर्नु पर्नेछ।
• तत्पश्चात् कोलोराडो कन्सुलर सेवा शिविरका लागि मात्र उपलब्ध गराईएको देहायको Appointment Date छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गर्नु पर्नेछ। (डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र Bottom मा बारकोड रहेको देख्न सकिनेछ।)
कोलोराडो कन्सुलर सेवा शिविरका लागि देहायका मितिमध्ये कुनै एक दिन छनौट गरी appointment लिन सकिनेछः

1. सेप्टेम्बर 2, 2023
2. सेप्टेम्बर 3, 2023
3. सेप्टेम्बर 4, 2023
4. सेप्टेम्बर 5, 2023



• उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी August 26 अगावै Verification का लागि दूतावासको इमेल consularcolorado@nepalembassyusa.org मा पठाउनु पर्नेछ।

फाराम Verify नगरी निवेदकले भरेको Details/Data Retrieve गर्न नसकिने र सो नभई Biometrics लिन नसकिने भएकोले फारामलाई Verification को लागि अनिवार्य रुपमा August 26 भित्र दूतावासमा पठाउनुपर्नेछ। अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न सकिने छैन।
• डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित माथि उल्लिखित तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुनुपर्नेछ।

2. विद्युतीय राहदानी (e-Passport application) का लागि शिविरमा आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरु:
 सक्कल नागरिकता र सोको प्रतिलिपि।
 नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि।
 सक्कल राहदानी र सोको प्रतिलिपि।
 Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
 राहदानी दस्तुर देहायबमोजिम हुनेछः
Services Payment with Debit Card Payment with Credit Card
Passport 66 Pages $153.00 $150 + 3%
Minor’s Passport (under 10 years) $76.75 $75 + 3%
Passport Lost/Damaged $306.00 $300 + 3%
Passport Lost/Damaged (Minor under 10 years) $153.00 $150 + 3%
नोटः राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।

 नयाँ राहहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुनेछ । विस्तृत जानकारीको लागि https://us.nepalembassy.gov.np/passport/ मा गई हेर्न सकिनेछ।

थप जानकारी आवश्यक भएमा कोलोराडोमा रहनुभएका देहायका सम्पर्क व्यक्ति वा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछः

स्थानीय सम्पर्क व्यक्तिहरु
Prakash Poudel, President NRNA Colorado Chapter, Cell No.- (303) 250-6323

Ram Chandra (RC) Panta, NRNA Colorado Chapter Immediate Past President,
Cell No.- (720) 412-7990

Jagadish Dhakal, Nepali Ghar, Cell No.- (303) 7047528

###

Consular Camp Colorado-Notice PDF