कोभिड-१९ को सन्दर्भमा कन्सुलर सेवा सम्बन्धी जरुरी सूचना २०७८ असार १५ (जुन २९, २०२१)

नेपाल यात्रा गर्ने यात्रुहरुले तत्काल लागू हुने गरी देहायको कोभिड-१९ स्वास्थ्य तथा क्वारेन्टाइन सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ।

सबै यात्रुहरुले-

१.   हवाई यात्राको लागि चेक-इन गर्नु अघि मान्याता प्राप्त कोभीड-19 परीक्षणशालाबाट जारी पछिल्लो स्वाब लिएको 72 घण्टाभित्रको कोभिड-19 परीक्षणको नेगेटिभ रिपोर्ट (RT-PCR or equivalent testing-Gene Xpert/True NAAT) सहित यात्रा गर्नुपर्नेछ। तर, 5 वर्षभन्दा मुनिका बालबालिकाहरुलाई भने यो व्यवस्था लागू हुने छैन।

  1. International Travellers Arrival फाराम (CCMC FORM) भरेपछि प्रिण्ट गर्दा प्राप्त हुने बारकोड भएको निस्सासहित यात्रा गर्नुपर्नेछ।
  2. तल बुँदा दफा (4) मा उल्लेख भएकोमा बाहेक सबै यात्रुहरुले नेपाल सरकारद्वारा स्वीकृत होटेलहरुमा आफ्नै खर्चमा 7 दिन क्वारेन्टाइन बस्ने गरी होटेल बुक गरेको हुनुपर्नेछ।
  3. कोभिड-19 टेस्ट रिपोर्ट नेगेटिभ भएका देहायका यात्रुहरुले नेपाल आएपछि 10 दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्नेछः

क. कोभिड-19 खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र साथमा भएका।

ख. आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजकिरिया) मा सहभागी हुन जाने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसका आधारमा।

ग. अशक्त, दीर्घ रोगी र फरक क्षमताका व्यक्तिहरु, बिरामीसँगै जाने कुरुवाहरु अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा, तथा 70 वर्षभन्दा माथिका वृद्धवृद्धाहरु, 5 वर्षभन्दा मुनिका नाबालकहरु तथा नाबालकसँगै जाने आमा र बाबु, स्थानीय तहको अनुगनमा रहने गरी।

घ. नेपाल फर्कने सरकारी कर्मचारी, सुरक्षाकर्मी, कूटनीतिज्ञ तथा तीनका परिवारका सदस्यहरु।

विस्तृत जानकारीको लागि देहायको Link मा गई हेर्नुहोस्:

https://caanepal.gov.np/news-detail/post/amendement-standards-passenger-arrival-nepal

नेपाल यात्रा गर्ने यात्रुहरुले नेपाल सरकारले लागू गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, 2078 अनिवार्य रुपमा पालना गर्नुपर्नेछः

दूतावासका नियमित कन्सुलर सेवाहरु निम्नानुसार सुचारु रहनेछन्ः

) हुलाक (Mailing Services) मार्फत दिईने सेवाः निम्न लिखित कन्सुलर सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि हुलाकमार्फत प्रदान गरिनेछः भिषा, ट्राभल डकुमेन्ट, प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्र, पासपोर्ट (पहिले एम.आर.पी. लिइसकेकालाई मात्र)।

) आफै उपस्थित भएर मात्र  लिनसकिने सेवाहरुः अधिकृत वारेसनामा र Live-Enrollment पासपोर्ट (पहिलो पटक एमआरपी आवेदक/ हालसम्म पनि हस्तलिखित पासपोर्टमात्र हुनेहरु) को लागि पहिलेनै समय निश्चित गरेर निवेदक दूतावासमा अनिवार्य रुपमा आफै उपस्थित हुनुपर्नेछ।

**ध्यानाकर्षणः

कुनै पनि सेवाको लागि दूतावासमा निवेदन पेश गर्नुअघि दूतावाासको वेबसाईट https://us.nepalembassy.gov.np/ को ‘Consular Services‘ मेनुभित्र रहेका सूचना राम्ररी पढी एवं आवश्यक कागजातहरु तयार गरी ‘Submit Your Details HERE लिङ्कमा गई आफ्नो निवेदनको  विवरण अनिवार्यरुपमा दर्ता गर्नुपर्नेछ। यसै लिङ्कमार्फत अग्रिम समय पनि लिन सकिनेछ। त्यसपछि मात्र सम्बन्धित सेवाको लागि आवेदन फाराम भर्नुपर्नेछ।

दूतावासमा प्राप्त हुने निवेदन र कागजातहरु पूरा भएमा पासपोर्ट बाहेकका कन्सुलर सेवाहरु प्रदान गर्न र कागजातहरु हुलाकमार्फत फिर्ता पठाउन सामान्यतः 4 देखि ५ कार्यदिन वा COVID-19 को कारण अझ बढि समय लाग्न सक्नेछ। पासपोर्टको हकमा नेपालमा छापिएर आउनुपर्ने हुँदा कम्तिमा २ महिना लाग्नेछ। तथापि,  सेवाग्राही रहेको स्थान र दूतावासबिच को दूरी र सेवाग्राहीले प्रयोग गर्ने हुलाक सेवा (Mailing Services) को आधारमा दूतावासबाट जारी हुने कागजात सेवाग्राहीको हात पर्न अझ बढि समय लाग्नसक्नेछ।

कन्सुलर सेवा सम्बन्धी सोधपुछका लागि टेलिफोन भन्दा इमेल प्रयोग गर्नुहुन अनुरोध गरिन्छ, र यसकालागि दूतावासको इमेल ठेगाना consular@nepalembassyusa.org मा मात्र सम्पर्क गर्नुहोला। दूतावासको अन्य  ठेगानामा प्राप्त कन्सुलर सेवा सम्बन्धी इमेलको जवाफ नआउन पनि सक्छ।