नेपाली राजदूतावास वाशिङ्गटन डि.सी.को अनुरोध

विश्व स्वास्थ्य संगठन (WHO) ले महामारीको संज्ञा दिएको कोरोना भारस (COVID-19) को प्रकोप अमेरिकामा पनि तिव्र गतिमा फैलिएको सन्दर्भमा त्यसको नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउनु पर्ने भएकोले यस्तो समयमा अत्यावश्यक बाहेक भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ। साथै, यस विशेष परिस्थितिमा यस राजदूतावासवाट प्रदान गरिने सेवाहरुमा कोरोना भारसको प्रकोप रहिञ्जेल सम्मको लागि अधिकृत वारिसनामा, मञ्जुरीनामा, राहदानी लगायतका राजदूतावासमा स्वयं उपस्थित भ सहीछाप गरिदिनु पर्ने कामका लागि वाहेक अन्य सम्पूर्ण सेवाका लागि द्रुत मेल (हुलाक) मार्फत राजदूतावासमा कागजातहरु पठाउन वा द्रुत मेल (हुलाक) मार्फत कागजात प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। यसका लागि Prepaid Self Addressed Envelop र Money Order प्राप्त भएमा द्रुत मेल (हुलाक) वाट समेत पठाउन सकिने व्यहोरा अनुरोध गरिन्छ। यस राजदूतावासले प्रदान गर्ने कुनै सेवा प्रवाह गर्दा कुनै समस्या आएमा consular@nepalembassyusa.org मा इमेल गरी covid19@nepalembassyusa.org इमेलमा बोधार्थ (Copy) दि जानकारी गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।यस राजदूतावासवाट प्रदान गरिने सेवाहरुको लागि आवश्यक पर्ने कागजातहरु र प्रकृयाको वारेमा थप जानकारी आवश्यक भएमा यस राजदूतावासको वेभसाटमा ग प्राप्त गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।