मितिः २०80 असोज ३
(सेप्टेम्बर 20, 2023)
शुभकामना सन्देश
नेपालको संविधान जारी भएको 8 बर्ष पुरा भर्इ 9 औं बर्षमा प्रवेश गरेको आजको दिनलाई हामीले राष्ट्रिय दिवसको रुपमा मनाइरहेका छौं। यस अवसरमा नेपाली राजदूतावास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
आजको यस महत्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलन तथा संघर्षको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
मुलुकलार्इ सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धिको मार्गतर्फ अघि बढाउन यो संविधानले मार्ग प्रशस्त गरेको छ।तीनै तहका सरकारहरु जनताले प्रत्यक्ष रुपमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तनका लागि प्रयासरत रहेका छन्। सरकारको यस प्रयासमा देश विदेशमा रहेका सबै नेपालीहरुको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको छ। यसका लागि आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् भन्ने मेरो कामना छ।
अन्तमा, आजको यस दिनले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आफ्नो मातृभूमी प्रतिको सद्भभाव र स्नेहलार्इ कायम राख्दै आ-आफ्नो क्षेत्रवाट सक्दो योगदान गर्दै समृद्ध तथा सुसंस्कृत नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न थप प्रेरणा दिन सकोस् भन्ने कामना गर्दछु।
श्रीधर खत्री
राजदूत
[pdf-embedder url=”https://us.nepalembassy.gov.np/wp-content/uploads/2023/09/महामहिम-राजदूत-श्रीधर-खत्रीले-राष्ट्रिय-दिवस-२०८०-को-अवसरमा-दिनु-भएको-शुभकामना-सन्देश.pdf” title=”महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश”]