
विद्युतीय राहदानी (e-Passport) सेवा शुरु गरिएको सम्बन्धमा
यस राजदूतावासबाट मिति २०७८ चैत्र १४ गते (तदनुसार मार्च 28, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको बेहोरा सूचित गरिन्छ। राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे विस्तृत जानकारी राजदूतावासको वेबसाइट us.nepalembassy.gov.np मा गई हेर्न सकिनेछ। राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको