यन्त्रबाचक राहदानी (Machine Readable Passport) नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

 नेपालमा विद्युतीय राहदानी (e-Passport) जारी गर्ने कार्य शुरु भइसकेको सन्दर्भमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट पनि निकट भविष्यमै e-Passport जारी गर्ने कार्य शुरु हुनेछ। त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रणाली जडान गर्ने कार्य गर्नुपर्ने भएकोले अत्यावश्यक अवस्था परेकोमा बाहेक यन्त्रबाचक राहदानी नवीकरण गर्ने कार्य हाललाई स्थगन गरिएको छ।

सम्पूर्ण तयारी पुरा भएपछि e-Passport को आवेदन लिने गरी राजदूतावासबाट केही समयभित्रै सूचना जारी हुनेछ। हाललाई जुन 2022 सम्म बहाल अवधि रहेका र तत्काल राहदानी नबनाएमा बसाई अवैधानिक हुने वा रोजगारी गुम्ने जस्ता अत्यावश्यक अवस्थामा मात्र आवेदनहरुमात्र लिइनेछ। राहदानी नवीकरणको नियमित सेवा केही समयका लागि स्थगन गर्दा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ।