Updated COVID-19 Related Consular Notice May 11 2021

 

कोभिड१९ को सन्दर्भमा कन्सुलर सेवा सम्बन्धी जरुरी सूचना

२0७८ बैशाख २८ (मे ११, २०२१)

 

हालैका दिन नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा नेपाल समय २०७८ जेठ १७ राति १२:०० बजे सम्म नेपालको लागि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

दूतावासको नियमित कन्सुलर सेवाहरु निम्नानुसार सुचारु रहनेछन्ः

कन्सुलर सेवाः

) हुलाक (Mailing Services) मार्फत दिईने सेवाः निम्न लिखित कन्सुलर सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि हुलाकमार्फत प्रदान गरिनेछः भिषा, ट्राभल डकुमेन्ट, प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्र, पासपोर्ट (पहिले एम.आर.पी. लिइसकेकालाई मात्र)।

) आफै उपस्थित भएर मात्र  लिनसकिने सेवाहरुः अधिकृत वारेसनामा Live-Enrollment पासपोर्ट (पहिलो पटक एमआरपी आवेदक/ हालसम्म पनि हस्तलिखित पासपोर्टमात्र हुनेहरु) को लागि पहिलेनै समय निश्चित गरेर निवेदक दूतावासमा अनिवार्य रुपमा आफै उपस्थित हुनुपर्नेछ। साथै, अन्य अति आवश्यक कामको लागि पनि अग्रिमरुपमा समय निश्चित गरेर मात्र दूतावासमा भेटघाटको लागि आउन सकिनेछ।

**ध्यानाकर्षणः

कुनै पनि सेवाको लागि दूतावासमा निवेदन पेश गर्नुअघि दूतावाासको वेबसाईट https://us.nepalembassy.gov.np/ को ‘Consular Services‘ मेनुभित्र रहेका सूचना राम्ररी पढी एवं आवश्यक कागजातहरु तयार गरी ‘Submit Your Details HERE‘ लिङ्कमा आफ्नो निवेदनको  विवरण अनिवार्यरुपमा दर्ता/पेश गर्नुपर्नेछ। यसै लिङ्कमार्फत अग्रिम समय पनि लिन सकिनेछ। त्यसपछि मात्र आवेदन फाराम भर्नुपर्नेछ।

दूतावासमा प्राप्त हुने निवेदन र कागजातहरु पूरा भएमा पासपोर्ट बाहेकका कन्सुलर सेवाहरु प्रदान गर्न र कागजातहरु हुलाकमार्फत फिर्ता पठाउन सामान्यतः ४ देखि ५ कार्यदिन वा COVID-19 को कारण अझ बढि समय लाग्न सक्नेछ। पासपोर्टको हकमा नेपालमा छापिएर आउनुपर्ने हुँदा कम्तिमा २ महिना लाग्नेछ। तथापि,  सेवाग्राही रहेको स्थान र दूतावासबिच को दूरी र सेवाग्राहीले प्रयोग गर्ने हुलाक सेवा (Mailing Services) को आधारमा दूतावासबाट जारी हुने कागजात सेवाग्राहीको हात पर्न अझ बढि समय लाग्नसक्नेछ।

कन्सुलर सेवा सम्बन्धी सोधपुछका लागि टेलिफोन भन्दा इमेल प्रयोग गर्नुहुन अनुरोध गरिन्छ, र यसकालागि दूतावासको इमेल ठेगाना consular@nepalembassyusa.org मा मात्र सम्पर्क गर्नुहोला। दूतावासको अन्य  ठेगानामा प्राप्त कन्सुलर सेवा सम्बन्धी इमेलको जवाफ नआउन पनि सक्छ।