सेप्टेम्बर 3 र ४ का दिन घुम्ति शिविरका लागि खोलिएका appointment slot हरु सम्बन्धमा अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यमा सेप्टेम्बर 2-5, 2023 सम्म घुम्ती कन्सुलर सेवा शिविरमार्फत् विद्युतीय राहदानी सेवा प्रदान गर्ने गरी यसअघि सूचना प्रकाशित गरिसकेको छ। सेप्टेम्बर 3 र 4 का दिनका लागि खोलिएका appointment slot हरु कोलोराडो राज्यमा सञ्चालन हुन घुम्ति शिविरका लागि मात्र मध्यनजर गरी खोलिएको, साथै सेप्टेम्बर 3, आइतबार सप्ताहन्त बिदा (Weekend) परेको र सेप्टेम्बर 4, सोमबार अमेरिकी श्रम दिवसको अवसरमा राजदूतावास बन्द रहने भएकाले उक्त दुई दिनका लागि यस राजदूतावासबाट सेवा प्राप्त गर्ने गरी appointment नलिनु हुन सम्बन्धित सबैलाई राजदूतावास सूचित गर्दछ।


2080 श्रावण 31 गते

(अगष्ट 16, 2023)