Updated COVID-19 Related Consular Notice May 3 2021

 

कोभिड-१९ को सन्दर्भमा कन्सुलर सेवा सम्बन्धी जरुरी सूचना
२०७८ बैशाख २० (मे ३, २०२१)

 

हालैका दिनमा नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा नेपाल समय मिति २०७८ बैशाख २३ गते राति १२ः०० बजे देखि बैशाख ३१ गते सम्म नेपालको लागि सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

दूतावासको नियमित कन्सुलर सेवाहरु निम्नानुसार सुचारु रहनेछन्ः

कन्सुलर सेवाः

१) हुलाक (Mailing Services) मार्फत दिईने सेवाः निम्न लिखित कन्सुलर सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि हुलाकमार्फत प्रदान गरिनेछः भिषा, ट्राभल डकुमेन्ट, प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्र, पासपोर्ट (पहिले एम.आर.पी. लिइसकेकालाई मात्र)।

२) आफै उपस्थित भएर मात्र लिनसकिने सेवाहरुः अधिकृत वारेसनामा र Live-Enrollment पासपोर्ट (पहिलो पटक एमआरपी आवेदक/ हालसम्म पनि हस्तलिखित पासपोर्टमात्र हुनेहरु) को लागि पहिलेनै समय निश्चित गरेर निवेदक दूतावासमा अनिवार्य रुपमा आफै उपस्थित हुनुपर्नेछ। साथै, अन्य अति आवश्यक कामको लागि पनि अग्रिमरुपमा समय निश्चित गरेर मात्र दूतावासमा भेटघाटको लागि आउन सकिनेछ।

**ध्यानाकर्षणः

कुनै पनि सेवाको लागि दूतावासमा निवेदन पेश गर्नुअघि दूतावाासको वेबसाईट https://us.nepalembassy.gov.np/ को ‘Consular Services’ मेनुभित्र रहेका सूचना राम्ररी पढी एवं आवश्यक कागजातहरु तयार गरी ‘Submit Your Details Here‘ लिङ्कमा आफ्नो निवेदनको विवरण अनिवार्यरुपमा दर्ता/पेश गर्नुपर्नेछ। यसै लिङ्कमार्फत अग्रिम समय पनि लिन सकिनेछ। त्यसपछि मात्र आवेदन फाराम भर्नुपर्नेछ।

दूतावासमा प्राप्त हुने निवेदन र प्राप्त कागजातहरु पूरा भएमा पासपोर्ट बाहेकका कन्सुलर सेवाहरु प्रदान गर्न र कागजातहरु हुलाकमार्फत फिर्ता पठाउन सामान्यतः ४ देखि ५ कार्यदिन वा कोभिड-१९ को कारण अझ बढि समय लाग्न सक्नेछ। पासपोर्टको हकमा नेपालमा छापिएर आउनुपर्ने हुँदा कम्तिमा २ महिना लाग्नेछ। तथापि, सेवाग्राही रहेको स्थानको दूरी र सेवाग्राहीले प्रयोग गर्ने हुलाक सेवा (Mailing Services) को आधारमा दूतावासबाट जारी हुने कागजात सेवाग्राहीको हात पर्न अझ बढि समय लाग्नसक्नेछ।

कन्सुलर सेवा सम्बन्धी सोधपुछका लागि टेलिफोन भन्दा ईमेल प्रयोग गर्नुहुन अनुरोध गरिन्छ, र यसकालागि दूतावासको ईमेल ठेगाना consular@nepalembassyusa.org मा मात्र सम्पर्क गर्नुहोला।

हालैका दिनमा नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा नेपाल समय मिति २०७८ बैशाख २३ गते राति १२ः०० बजे देखि बैशाख ३१ गते सम्म नेपालको लागि सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

 

Updated COVID-19 Related Consular Notice
May 3, 2021

 

In the context of the increasing cases of COVID-19 infections in Nepal,  all international flights will be suspended with effect from 6 May 2021 midnight till 14 May 2021 Nepal time.

The Embassy continues to provide its consular services in accordance to the following provisions: 

1) Services by mail: In view of the current situation, the Embassy will continue to provide following consular services by post/mail until further notice: Visa, Travel Document, Attestation, NRN Card, Passport (for those who are already issued MRP).

2) In-person service by appointment only: Service seekers must visit the Embassy by making prior appointment for power of attorney, and passport live-enrollment (compulsory for the first time MRP applicants/those who currently hold handwritten passport). For these services no ‘by-mail’ services are available.

**Reminder:

Before visiting the Embassy for in-person consular services, or before forwarding application by post/mail, service-seekers are advised to first visit the Embassy website https://us.nepalembassy.gov.np/, carefully read and follow the instructions/information contained inside the menu ‘Consular Services’, and enroll/register themselves for all consular services, including passport and visa, in the Embassy website by filling out their application details in the link ‘Submit Your Details Here’ before filling out relevant application forms.

Once application is received at the Embassy, depending on the completeness of the application, it may take minimum 4 – 5 working days  or more days due to COVID-19 situation for an application to be processed and documents posted through mail, except for passport applications. Since passports have to be printed in Nepal, it takes at least two months for the passports to be delivered to the applicants. However, it may take longer to receive the documents by the applicants depending on their location and the postal services they choose.

The Embassy strongly advises all service seekers to use email, rather than telephone to inquire about the consular services. All consular service related emails must be directed to the Embassy’s address:  consular@nepalembassyusa.org.

In the context of the increasing cases of COVID-19 infections,  all international flights will be suspended with effect from 6 May 2021 midnight till 14 May 2021 Nepal time.